• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेटवार्ता, गौतमले राखे पार्टी एकताको प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले भेटवार्ता गरेका छन्। भेटवार्तामा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राखेको उनको सचिवालयले जनाएको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच छलफल भएको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए । दुबैबीच करिब एकघण्टा छलफल भएको उनले जानकारी दिए ।

 

हिजो बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए, आज गौतमले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल गरे ।  छलफलमा उनले दुवै अध्यक्षसँग पार्टी एकताको प्रस्ताव  राखेको स्वकीय सचिव टमटाले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार