• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

मनाइयो अम्बर गुरुङको ८३ औँ जन्मजयन्ती

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वरिष्ट संगीतकार अम्बर गुरुङको ८३ औँ जन्मजयन्ती मनाएको छ। 

 

प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवं राष्ट्रगानका सङ्गीतकार गुरुङको ८३ औं जन्मजयन्ती प्रतिष्ठानको परिषरमा साङ्गीतिक प्रस्तुति सहित सम्पन्न गरिएको थियो ।

 

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले स्व.अम्बर गुरुङ धेरै चिनारी भएका व्यक्ति भएको र उनले सङ्गीतवद्ध गरेका माया प्रेमका गीत देखि राष्ट्रिय भावले ओतप्रोत गीतहरु सबैमा एक किसिमको दार्शनिकताको आभास रहेको उल्लेख गरे।
  

यस्तै वरिष्ठ गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङलाई सङ्गीत क्षेत्रमा आत्मकेन्द्रित व्यक्तित्वको रुपमा चित्रित गर्दै दार्जिलिङमा रहँदा उनको जीवन संघर्षका बारेमा जानकारी गराएका थिए ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा.देवी नेपालले उनलाई शब्द, सङ्गीत र स्वरको त्रिवेणीका रुपमा चित्रण गरे । कार्यक्रममा कलाकारहरु संजय तुम्रोक, दुर्गा परियार, रुपक चौधरीले अम्बर गुरुङको संगीतमा रहेको रातो र चन्द्र सूर्य ..बोलको गीत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार