• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अप्रेसन सकियो,आईसीयूमा सारियो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मष्तिकघात भएपछि उनको अप्रेसन गरिएको छ ।

 

उनको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्। उनलाई अहिले आईसीयूमा सारिएको उनका भाई राजुराज जोशीले बताए ।

 

डाक्टरले जोशीलाई कम्तीमा चार दिन अस्पतालमै राख्नुपर्ने बताएको राजुराजले जानकारी दिए । बिहीबार अबेर राति एक्कासि बेहोस भएका जोशीलाई शुक्रबार बिहान ५ बजे नै नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

 

बिहीबार अबेर राति एक्कासि बेहोस भएका जोशीलाई शुक्रबार बिहान ५ बजे नै नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार