• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

‘नेकपा’ नाम विवादको फैसला फागुन २० मा

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय दिने भएको छ। नेपाल कम्युनिष्ट पार्टी आफ्नो दलको नाम भएकाले एमाले र माओवादी केन्द्र मिलेर बनेको दललाई त्यो नाम दिन नपाइने भन्दै ऋषिराम कट्टेलले दिएको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाइ गरिरहेको थियो।

 

उक्त रिटमाथि बहस सकिएपछि इजलासबाट फागुन २० गते निर्णय सुनाउने दिन तोकेको सर्वोच्च अदातलका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। आयोगले कट्टेलको पार्टीसँग नाम मिले पनि कोष्टकभित्र नेकपा लेख्ने गरी नयाँ दललाई मान्यता दिएको थियो। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै पहिले आयोगमा निवेदन दिएका थिए।

 

आयोगले उनको निवेदनमाथि निर्णय गर्दा पनि नयाँ दलको नाम पनि कोष्टकमा नेकपा लेखेर मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेशी परेको छ। यसअघि यो मुद्दामा १० पटक पेशी तोकिएको थियो।

 

हाल ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्धाको फैसला अर्थपूर्ण हुन सक्नेछ । आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते रिट दायर दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार