• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

थप ८२ जनाको मृत्यु भएको सीसीएमसीद्वारा पुष्टि, ९४ जना संक्रमण मुक्त

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले थप ८२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा  ११२ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।

 

 नेपालमा पछिल्लो २४ घण्टामा  ८४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 योसँगै  नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २२३ पुगेको छ । हाल देशभर ७७० जना आइसोलेसनमा र ६६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार