• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो ।

 

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि जारि गरेको थियो । 

जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढी माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

 

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर प्राप्त गर्ने छन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार