• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुन्छ : पूर्वमन्त्री लालबाबु पण्डित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने टिप्पणी गरेका छन ।

 

 पण्डितले सामाजिक सञ्जालमा बिहीबार   नेतृत्वले यस्तो गरे आफ्नो विरोध रहने भन्दै यसको विपक्षमा उभिने र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहेको उल्लेख गरेका छन ।

 

‘यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस ।मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।’,  पण्डितले लेखेका छन ।

 

नेकपामा कठिन अवस्था भए पनि एकताको सम्भावना समाप्त नभएको उनको भनाई छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार