• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

 

आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिए ।बुधबार बसेको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो । 

 

बैठकले पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार