• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

कालीप्रसाद बासकोटा र अस्मिता अधिकारीको स्वरमा ‘मैना’ सार्वजनिक

काठमाडौं । गायक कालीप्रसाद बासकोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक भएको छ ।


 
  भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन्  । गीतमा बासकोटाकै शब्द र संगीत रहेको छ  ।
 


भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी  रहेको छ ।

 

रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ ।

 

भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार