• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा ७१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६६ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार