• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

१०२ जना संक्रमणमुक्त,चारजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ११० जना सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा तीन हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । 

 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।

 

यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण चारजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६५ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार