• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

आज मौसममा आंशिक बदली हुने,पश्चिमी वायूको प्रभाव 

काठमाडौं । आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

 

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले मौसममा आंशिक बदली हुने भएको छ । आज देशका केही पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार