• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् ।  

 

सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय विपद् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन तथा देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार परिषद् बैठक बस्ने प्रचलन छ । 

 

यद्यपि, रक्षा मन्त्रालय स्रोतले आज बस्ने वैठकलाई नियमित भनेको छ । यसअघि कात्तिक ५ गते परिषद् बैठक बसेको थियो । संसद् पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिज्ञहरुसँग छलफल गरिरहेका छन् ।

 

विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँगपनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिईरहेको स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार