• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल,युभेन्टस सिरी 'ए’ को तेस्रो स्थानमा 

काठमाडौं । इटालियन सिरी 'ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

 

हिजो राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

 

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

 

रोनाल्डोले दुबै गोल हेडमार्फत गरेका थिए । त्यसपछि ६६औं मिनेटमा म्याकेनीले गोल थपेका थिए ।

 

शीर्ष स्थानको इन्टर मिलानको २३ खेलबाट ५३ तथा दोस्रो स्थानको एसी मिलानको समान खेलबाट ४९ अंक हुँदा युभेन्टसको २२ खेलबाट ४५ अंक भएको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार