• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
रंगमञ्च

भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भ 'अर्को अर्थ नलागेमा' अब नाटकमा मञ्चन हुने

काठमाडौ । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीद्धारा लिखित स्तम्भका लेखकहरु 'अर्को अर्थ नलागेमा' अब नाटकमा मञ्चन हुने भएको छ । 

 

वस्तीले कान्तिपुर दैनिकमा लेख्दै आएका स्तम्भका  १० भन्दा बढी लेखहरु अब नाटकमा देखाइने भएको छ। 'अर्कै अर्थ नलागेमा' नाम दिईएको नाटकलाई 'ज्ञ' का बिद्यार्थीहरुले निर्देशन गर्नेछन् भने सुनील पोखरलले नाटकको परिकल्पना तथा संयोजन गर्दैछन् । 

 

नाटकमा 'ज्ञ' का ३५ बढी बिद्यार्थीहरुको अभिनय रहने रंगकर्मी सुनील पोखरेलले बताए । नाटक फागुन १८ गते देखि चैत्र ७ गतेसम्म अनामनगर स्थीत मण्डला थिएटरमा मञ्चन हुने भएको छ। नाटकको अवधी एक घण्टा ३० मिनेटको हुनेछ।  

 

वस्तीद्धारा लिखित स्तम्भका लेखहरुमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा कडा टिप्पणी तथा व्यंग्य समेटिएको हुन्छ। यहि समसामहिक घटनाक्रमलाई नाटक मार्फत 'ज्ञ' ले दर्शकमाझ देखाउन खोजेको रंगकर्मी पोखरेलले बताए।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार