• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

अब सुन्दर सुदुरपश्चिम मात्र होइन विकसित सुदूरपश्चिम पनि बन्छ : प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । 

 

सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले कहिलेकाहीँ कसैको व्यक्तिगत स्वार्थका लागि अनुसन्धानलाई मोड्न खोजिने गरेको बताउँदै निर्मलाको घटनामा संलग्नलाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्ने बताए ।

 

कञ्चनपुरको बेदकोट नगरपालिका ३ मादैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा अबदेखि कसैले आँखा नलगाउन चेतावनी समेत दिए । उनले अन्य मुलुकको स्वाभिमान सम्मान गर्ने र नेपालले पनि अन्य मुलुकबाट त्यस्तै अपेक्षा राखेको पनि प्रष्ट पारेका थिए।

 

प्रधानमन्त्री ओलीले कञ्चनपुरको औद्येगिक क्षेत्रको बिकाससंगै जनतामा नयाँ प्रविधिको हस्तान्तरण हुने बताए । उनले कञ्चनपुरको औद्योगिक क्षेत्रको बिकास सँगै बाहिरबाट आएका प्राविधिकबाट स्थानीय जनतामा नयाँ प्रविधिको हस्तान्तरण हुने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले अब सुन्दर सुदुर पश्चिममात्रै नभएर विकसित सुदूरपश्चिम पनि बन्ने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार