• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

निर्देशक लामाको सर्ट फिल्म ‘वरदान’ मा दयाहाङ र नम्रता

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले दयाहाङ राई र नम्रता श्रेष्ठलाई लिएर ‘वरदान’ नामक सर्ट फिल्म निर्माण गरेका छन् । 

 

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय ‘वरदान’मा उठान गरिएको निर्देशक लामा बताउँछन् । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । कोसिस नेपालले निर्माण गरेको ‘वरदान’मा मा मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् ।

 

‘डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन वा दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं,’ लामाले भने, ‘डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।’

 

२० मिनेटको ‘वरदान’मा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

 

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । फिल्म केही हप्तापछि अनलाइन प्ल्याटफर्ममार्फत सार्वजनिक गरिने निर्देशक लामाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार