• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला फेरि पक्राउ

काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो । पुष २९ गते पक्राउ परेर रिहा भएका बाँस्तोलालाई काभ्रेमा पुरानो मुद्दा बाँकी रहेको भन्दै प्रहरीले पुनस् पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार उनी आजै सर्वोच्च परिसरबाटै पक्राउ परेका हुन् । उनलाई सर्वोच्चका न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएको थियो । पक्राउ परेका नेता बाँस्तोलालाई आजै काभ्रे लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ । फरक विचार-आस्था राखेका कारण पक्राउ गरिएको देखिँदा त्यसो गर्नु न्यायिक दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै सर्वोच्चले बास्तोलालाई आजै छाड्न आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार