• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

१२५ जना सङ्क्रमित थपिए, ९० जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका १२५ जना सङ्क्रमित थपिएका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९० जना सङ्क्रमित निको भएको जनाएको छ। थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।  

 

हालसम्म दुई लाख ६९ हजार ९६६ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ५२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छन्। 

 

हालसम्म कोरोना भाइरसबाट दुई हजार ६१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। पछिल्लो चौबीस घण्टामा मृत्यु शून्य  रहेको मन्त्रालयले जनाएको छ । हाल एक हजार ५२९ जना आइसोलेशनमा र ६६ जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार