• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

थप उपचारका लागि पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीमा, भोलि अस्पताल भर्ना हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भोलि(मंगलबार) अस्पताल भर्ना हुने भएका छन ।

 

पेटमा समस्या देखिएपछि भारत गएका भट्टराईको नयाँ दिल्लीस्थित इन्स्टिच्यूट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना गरेर थप परीक्षण गरिने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन ।

 

उनको सचिवालयका अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै  आएका  डा.भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेपछि त्यसको उपचारका लागि उनी दिल्ली गएका हुन ।

 

नेपालका विशेषज्ञ डाक्टरहरूले भट्टराईलाई न्यूरो–इन्डोक्राइनको ट्यूमर भएको आशंका गरेपछि त्यसको पहिचानका लागि दिल्ली जानुपरेको  सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन । आइतबार भारत पुगेका पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीस्थित नेपाली दुताबासमा बस्ेका छन । भट्टराईको साथमा उनकी पत्नी हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार