रुबिना दिलेकले जितिन् ‘बिग बोस’ को १४ औं संस्करणको उपाधी
काठमाडौं । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् ।
१ सय ४० दिनसम्म चलेको बहस, झगडा र ड्रामापछि रुबिना विजेता बनेकी हुन्। बिजेता बनेसँगै उनले ३४ लाख भारतीय रुपैयाँ पाएकी छिन्।
टेलिसिरियल ‘छोटी बहु’ की कलाकार रुबिनाले श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।
बिग बोसको १४औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ भागसम्म चलेको थियो।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस