• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

कोरोना भाइरसका ८० जना सङ्क्रमित थपिए,१२१ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ८० जना सङ्क्रमित थपिएका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित निको भएको जनाएको छ ।


 
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । हाल एक हजार ४९४ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

 

मन्त्रालयले हालसम्म दुई लाख ६९ हजार ८७६ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा मृत्यु शून्य  रहेको मन्त्रालयले जनाएको छ ।

 

 हालसम्म एक हजार ४९४ जना सङ्क्रमित आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार