• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले  नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् ।

 

मुलुकमा पछिल्ला समय बिभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी  गर्दै  अध्यक्ष थापाले यस्तो आरोप लगाएका छन् ।

 

आज सामाजिक सञ्जाल माफर्त अध्यक्ष थापाले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरू गरेर नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार