• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

टेम्पो चालकको छोरीको ‘फेमिना मिस इण्डिया २०२०’ को यात्रा

मुम्बई । तेलंगानाको हैदराबाद कि मानसा वाराणसीले ‘फेमिना मिस इण्डिया २०२०’ को उपाधी हात पारेकी छिन् ।  आफ्नो नाममा पारेकी छिन् । केही दिन अघि मुम्बईमा ‘फेमिना मिस इण्डिया २०२०’ का फाइनल प्रतियोगिता सम्पन्न भएको थियो जसमा मिस इण्डिया २०२० को ताज २३ वर्षीय मानसा वाराणसीको शिरमा सजिएको थियो ।  


प्रतियोगतामा उत्तर प्रदेशकी मान्या सिंह र हरियाणाकी मनिका शियोकाण्डले फस्ट तथा सेकेण्ड रनरअपको उपाधी हात पारेका थिए । यी तीनजना विजेताको नामको पहिलो अक्षर ‘म’ बाट नै शुरु भएको छ । आफ्नो नामको पहिलो अक्षर ‘म’ बाट आउनुमा यी तीनजना कै बानीबेहोरा मिल्दोजुल्दो छ र यी तीनजनालाई नै मिस इण्डियाको उपाधी हात पार्न धेरै नै कठिन भएको थियो ।


मान्या सिंह : पिता रिक्सा चालक र आमा लुगा सिलाउने ट्रेलर
‘तिमी आफू भित्र आफुलाई खोज्दै हिड, तिमी किन आतिन्छौं । तिमी हिडिराख तिम्रो हिडाईको महत्व पछि समयले देखाउँछ’– फेमिना मिस इण्ंडिया २०२० की रनरअप मान्या सिंहको भनाई हो यो । 


उत्तर प्रदेश को देवरिया जिल्लमा जन्मिएकी मान्या सिंहलाई हिजोसम्म कसैले पनि चिन्दैन्थे थिए । तर, आज उनी संसारभर चर्चामा छिन् । मान्याको पिता ओमप्रकाश सिंह मुम्बईका टेम्पो चालक हुन भने  आमा मनोरमा देवी लुगा सिलउने काम गर्छिन । उनको मुम्बईमा लुगा सिलाउने ट्रेलरको पसल छ । 


मान्याको बाल्यकाल धेरै नै संघर्षपुर्ण बित्यो । आफ्नो माता–पिताको संघर्षलाई देखेर उनी यहाँसम्म पुगेको बताउँछिन् । ‘मानिसहरूको सोच अलग–अलग हुन्छ । देशको केही राज्यहरू यस्तो पनि छ जहाँ केही मानिसहरू सोच्छन कि केटी मान्छेहरू अघि बढ्न र केही गर्न सक्दैनन् ।’ 


उनी भन्छिन,‘यस्ता सोच भएकाहरुलाई म भन्न चहान्छु, तपाईं कहाँ देखि हुनुहुन्छ, चाहे तपाईंसँग कपडा होस् या नहोस्, फेरि तपाईंलाई कस्तो देखिन्छ, तपाईंसँग पैसा होस या नहोस, तर तपाईंले आफ्नो कल्पना भन्दा माथी रहेर आफ्नो सपना देख्नुहुन्छ भने, तपाईंले आकाश पनि छुन सक्नुहुन्छ । जबसम्म तपाईंले आफ्नो सपना पूरा गर्नुु हुन्न, तबसम्म तपाईलाई आफू को हुँ भन्ने थाहा हुदैन ।’


जिन्दगीको त्यो मोडमा,जब लाग्यो कि सबै विग्रियो
मान्याले कहिल्यै पैसाको चाङ्ग देखिनन् ।  उनले कयौं पटक आफु भोको पेट बसेर रातहरु पनि बिताएकी छिन् । पैसा बचाउनको लागि भनेर उनी धेरै किलोमिटरसम्म हिड्न पनि बाध्य भईन । 

 

मान्यासँग जे जति कपडा थियो, ती सबै उनी आफैंले सिलाएकी हुन । यहाँसम्म कि उनको डिग्रीको पैसा तिर्नको लागि भनेर उनको बुबाआमा केही दिन भोकै बस्नुपर्ने हुन्थ्यो । उनले पढाइको साथसाथै कल सेन्टरमा पनि काम गरिन ।   


अहिले ती दिनहरु सम्झिँदै मान्या भन्छिन्, कसैको पनि जीवनमा कुनै समय यस्तो मोड आउँछ, जब लाग्छ कि सबैै कुराहरू विग्रिसकेका छन् । मलाई पनि अब के हुन्छ होला भन्ने कुराहरुले सताइरहन्थ्यो । 


उनी भन्छिन, ‘म प्राय भन्ने गर्छु कि, केटीहरूमा केही भिन्न शक्ति हुन्छ । यसकारण, म जहिले आफ्नो आमा बुबालाई हेर्छु र यी कुराहरू सम्झन्छु । यदि म यहीँ रोकिए भने त मेरो बुबाआमालाई अवश्य पनि छोराको कमी महसु्स हुनेछ । यसकारण मैले ठुली छोरीको भुमिका निभाएको हुँ । म केटा त बन्न सक्दिन । तर, मैले पक्कै पनि बुबाआमालाई जेठो छोराको कमी हुन दिएको छैन । मेरो मेहिनत २० प्रतिशत हो भने उनीहरुको लागत ८० प्रतिशत हुन्छ । उहाँहरूले मेरो लागी जुन किसिमको संघर्ष गर्नुभएको छ त्यो मेरो लागी धेरै नै महत्वपुर्ण कुरा हो । 


व्युटी कन्टेस्ट धनी वर्गका लागि मात्र हो भन्ने यहाँ धेरैको सोच छ । जो सँग पैसा छैन उसलाई यो प्रतियोगितामा भाग लिन धेरै नै कठिन हुन्छ । यस्तोमा यो प्रतियोगितालाई आफनो भविष्य बनाउन कति कठिन हुन्छ तपाई आफैं सोच्नुस । 


मान्या भन्छिन्, यस्तो प्रतियोगितामा यदी आफनो चिनेजानेका भयो भने आफु ढुक्क हुन सकिन्छ । तर म सधै यही सोचेर हिंडे कि मैले यो क्षेत्रमा कोही चिनेको छैन । मैले सोच कि यदी म तल झरे भने माथी उठने कोशिस गर्छु फेरी पनि तल झरे भने म हिम्मत हार्दिन र फेरी माथी उठ्ने प्रयास गर्छु । 


उनी थप्छिन्, मेरो साथी भनेकै असफलता हो । मानिसहरु मलाई भन्ने गर्थे,  तिमी कहिले मिस इण्डिया बन्दिनौं । मैले केही भन्न लाग्यो भने मलाई बोल्न दिईन्थ्यो । तर मैले यी सबै कुराहरुबाट एउटा चिज भने अवश्य सिके, त्यो के हो भने, मानिसहरु के भन्छन् भन्ने कुरा जरुरी होइन । आफुले चाहेको के कुरा हो त्यो जरुरी हो र म के को लागी योग्य छु । मैले गर्ने काममा मेहिनत मेरो मात्र हुन्छ अरु कसैको हुँदैन। त्यसैले हामी आफैंले आफुलाई बिश्वास गर्नु धेरै जरुरी हुन्छ ।  


प्रियंका चोपडा मेरो प्रेरणा 
मान्या आफनो जीतको श्रेय परिवारको तीन महिलालाई दिन चाहन्छिन । उनी भन्छिन, मेरो परिवारमा मेरी आमा, बहिनी र दाई हुनुहुन्छ । मेरी आमा र बहिनीलाई मैले म पनि प्रतियोगितामा भाग लिन्छु उनीहरु सजिलै मानेका थिए तर दाजुलाई मनाउनको लागि मलाई निकै समय लाग्यो । जब उनले मन्जुरी दिए, त्यसपछि मात्र मेरो लागि बाटो खुल्यो । उनीहरूले मलाई अगाडि बढ्नकोे लागि निकै प्रोत्साहन गरे र भर्चुअल प्रतियोगितामा मलाई सहयोग पनि । 


उनी भन्छिन, ‘आज म जुन अवस्थामा छु उनीहरू कै मेहिनतले हो ।’ अब म मिस वल्र्डको तयारीमा जुटेकी छु । मेरो प्रेरणाको श्रोत भनेको प्रियंका चोपडा हो । म पनि उनको तरिकाबाट मेहिनेत गरेर छुट्टै एउटा अलग पहिचान बनाउन चाहन्छु । बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार