• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

संसद विघटनले जटिलता निम्त्यायो : कमल थापा 

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । 

 

आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिबर्तन र सर्बसत्ताबादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार ब्यक्त गरे ।

 

अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहदा मुलुकको सर्बोपरी हित हुने दाबी गरे । सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो। 

 

१४ बर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै बिदेशी दबाब,प्रभाव र हस्तक्षेप बढेर जानुमा  स्वार्थ र शक्तिको फोहरी राजनितीले काम गरेको उनको भनाई थियो। कम्युनिस्ट पार्टी भित्रको द्वन्द देश हित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।

 

कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिस्टको बिकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरे। लिङ्देनले भ्रष्टाचार र बेथितिको विरुद्धमा राप्रपाले शसक्त आवाज उठाएर जनताको माझमा जाने बताए। कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजबंशि, अम्बर बिष्ट ,बाशुदेब भट्टराई , बाबुराजा श्रेष्ठ, लगायतले सम्बोधन गरेका थिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार