• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

त्यो लालिमा कहाँ छ ?

यो कस्तो जिन्दगी

अरुको श्वास–प्रश्वास बोकेर बाँच्नु पर्ने

अरूको भरिया भएर हिड्नु पर्ने

अरूको प्रतिबिम्ब बनेर नाच्नु पर्ने

उन्मुक्तताको लागि छट्पटिएको

अनि स्वतन्त्र अभिव्यक्तिको लागि ।

 

तर मैले उज्यालो हेर्नै पाइन

मेरो यात्रा आफ्नो हुँदै भएन

बिहानीको उजेलीमा बादल लागेर

मैले हिमाल हेर्न पाइन

फेवाको आँगनम पुगेर पनि

माछपुछ्रे देख्न सकिनँ

म संलग्न भएको पूर्णता कहाँ छ ?

टोलाएको यो अनुहार

र, यी रित्ता आँखाहरूमा

अब त्यो लालिमा कहाँ छ ?
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार