• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

सत्यराज आचार्यको नयाँ गीत 'भरोसाको दियो' सार्वजनिक

काठमाडौं । हरिहर निरौलाको 'भरोसाको दियो' बोलको गीत सार्वजनिक भएको छ । उनैको लेखन रहेको गीतमा गायक सत्यराज आचार्यले आवाज दिएका छन्। 

 

विशाल ढकालले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन् । म्यूजिक भिडियो सहित तयार पारिएको गीतलाई सत्यराज आचार्य स्वयंले निर्देशन गरेका हुन् । 

 

गायक सत्यराज कै अभिनय रहेको भिडियोमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले पनि अभिनय गरेका छन् ।

 

हरि हुमागाँईको छायाङ्कन रबिकास धमलाको सम्पादन रहेको भिडियोलाई सत्यराज आचार्य र स्वरूपराज आचार्यको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार