• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
खेलकुद

आईपीएलको मिनी अक्सनमा बिकेनन् सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणको मिनी अक्सनमा कुनै पनि टोलीले 'बोली' लगाएनन् ।

 

४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन । उनलाई सन् २०१८ को सिजनमा दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत तीन सिजनको सम्झौतामा टिममा भित्र्याएको थियो ।

 

गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार