• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

भारतमा पहिलो पटक महिलालाई मृत्युदण्ड दिने तयारी

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जेलमा फाँसी घर मर्मत गर्न थालिएको छ । स्रोतका अनुसार मृत्युदण्डको सजाय पाएकी एक महिलालाई उक्त जेलमा फाँसी दिने तयारी भएको हो ।

 

यद्यपि जेल प्रशासनले भने ती महिलालाई मृत्युदण्ड दिन लागिएको हो भनेर प्रस्ट रुपमा भनिसकेको छैन । तर मथुरा जेलमा महिलालाई फाँ’सी दिने व्यवस्था छ । शबनम नाम गरेकी एक महिलाले मृत्युदण्डको सजाय पाएकी छिन् ।

 

राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वीकार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृत्युदण्ड दिने बाटो खुलेको छ। त्यसैले मथुरा जेलमा फाँसी घर मर्मत भएको विषयलाई शबनमसँगै जोडेर हेर्न थालिएको हो ।

 

स्रोतका अनुसार अमरोहा निवासी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्ममतापूर्वक ह’त्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छिन् ।

 

तर,उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन्। उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि दुवै मिलेर शबनमको परिवारकै हत्या गर्ने योजना बनाइएको थियो । उक्त योजना अनुसार पहिला परिवारका सबै सदस्यलाई बेहोसीको औषधि खुवाइएको थियो।

 

बेहोस भएको मौका छोपी सबैलाई बञ्चरो प्रहार गरी हत्या गरिएको बताइन्छ । मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँसी घर बनाइएको थियो । यो जेलमा महिलालाई फाँसी दिने व्यवस्था रहेपनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँसी दिइएको छैन। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार