• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

नेप्से ९.९४ अंकले वृद्धि

काठमाडौं । आज साताको चौथो दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि भएको छ । आज नेप्से परिसूचक ९।९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको हो।

 

बुधबार बैंकिङ समूहको शेयर झण्डै ३० अङ्कले, व्यापार समूहको ५९ अङ्कले, विकास बैंकको साढे तीन अङ्कले र अन्य समूहको शेयर १० अङ्कले बढेको छ । आज बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स वृद्धि भएको छ । व्यापार समूहको सवइन्डेक्स २.०२ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहमा रहेका कम्पनीहरु र म्युचुअल फण्डको समेत सवइन्डेक्स बढेको छ ।


आज होटल, हाइड्रोपावर, फाइनान्स, बिमा र लघुवित्त समूहहरुको सबइन्डेक्स भने ओरालो लागेको छ । आज नेपाल इन्फ्रास्ट्रचर बैंक कारोबार रकमका आधारमा पहिलो नम्बरमा पुगेको छ । यसको कारोबार ६९ करोड रुपैयाँ भन्दा धेरैको भएको छ ।

 

नविलको कारोबार रकम ४१ करोड रुपैयाँ माथि छ भने ग्लोबल आइएमईको ३६ करोड रुपैयाँ र नेपाल बैंकको ३५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । बुधबार  हिमालय ऊर्जा विकास कम्पनी र समृद्धि फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । सनराइज फस्र्ट म्युचल फण्डका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार