• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

हातमा साङ्लो बाँधेर प्रतिनिधिसभा विघटनको विरोध गर्दै स्रष्टा तथा थियटरका कलाकारहरु

काठमाडौं । शुक्रबार काठमाडौंमा  स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् ।

 

भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्‍याली निकालेका साहित्य स्रजक, स्रष्टा तथा थियटरका कलाकारहरुले हातमा साङ्लो बाँधेर प्रर्दशन गरे। बसन्तपुरमा भएको सभामा उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमन विरुद्ध हातमा साङ्लो बाँधेर प्रर्दशन गरेका हुन् ।

 

कार्यक्रममा कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार