• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

भागरथी बलात्कार घटनालाई नाट्य रूपान्तरण मार्फत न्याए माग्दै सान्त्वना मेमोरियलका विद्यार्थी

काठमाडौं । बैतडी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि संगै दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीय तथा अधिकारकर्मीहरु सडकमा छन ।

 

पीडकको कारबारी र  पीडितलाई न्याय दिलाउन सरकारलाई चर्को दवाब परेको छ भने स्थानीयहरुले प्रशासन मौन रहेको आरोप लगाउदै आइरहेका छन । 

 

बुधबार सान्त्वना मेमोरियल एकेडेमीका सोसियल वर्क अध्यनरत विद्यार्थीले छोरीहरु सुरक्षित नभएको  र न्याएका लागि आवाज उठाउन छाड्न नहुने सन्देश समेटिएको नाटक मञ्चन गरेका छन। वास्तविक घटनालाई नाट्यरूपान्तरण गर्दै सानो नाटकले पनि ठूलो परिवर्तन ल्याउन सक्ने छात्र -छात्राहरुको भनाई छ ।

 

स्नेहा भट्टराई नाटकको मुख्य भूमिकामा थिइन भने  बर्षा भट्टले नाटक लेखेकी थिइन। सानो पहलले समाजमा ठूलो परिवर्तन त ल्याउन नसक्ला तर सानो परिवर्तन भने अवश्य ल्याउने छ, भट्टले भनिन ।


उनीहरुले 'समाजमा हामी नारी सुरक्षित भई कहिले हिड्न पाउछौ ..ए सरकार अब त लाजले भएपनि सुनिदेउ न हाम्रो आवाज ....' लगायतका नारा लगाएर सरकारलाई दवाब समेत दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार