• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

फोहोर व्यवस्थापनमा जुट्दै सान्त्वना मेमोरियलका विद्यार्थी

काठमाडौं । सान्त्वना मेमोरियल कलेज सोसियल वर्क दोस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले काठमाडौं तीनकुने चौरको सरसफाई गरेका छन्। 'आफुद्वारा उत्पादित फोहोर आफै व्यवस्थापन गरौं' भन्ने नारा सहित सरसफाई कार्यक्रमको आयोजन गरिएको थियो  । 

 

एक समुह एक परीयोजना 'अन्र्तगत बिद्यार्थीहरु माधुरी उप्रेती, अमृता भण्डारी र सृजना फुयालले कार्यक्रमको नेतृत्व लिएका थिए भने कार्यक्रममा सान्त्वना कलेजका क्याम्पस प्रमुख क्षितिज उपध्याय ढुङ्गेल, सोसियल वर्क बिभाग की प्रमुख सुदिक्क्षा ढुङ्गेल र सामाजिक कार्यसंकायका संयोजक आशा परियारले फोहोर व्यवस्थापनका बिधिहरुबारे सहजीकरण गरेका थिए ।

 

कार्यक्रममा सामाजिक कार्य, व्यवस्थापन, मानविकी र विज्ञान सन्कायका विद्यार्थी र शिक्षक सहित करिब १ सय जनाको सहभागी रहेको थियोे । वातावरण सफा राख्ने र मानिसलाई फोहोर जथाभावी फाल्न नहुने सन्देश दिने उक्त कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख उपध्यायले जानकारी दिए । त्यस्तै उक्त कार्यक्रममा युथ फर नेशन संस्थाको पनि सहभागी रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार