• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

नेपालका आठ खेलाडी आइपीएलको अक्सनमा (नाम सहित)

काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिताको अक्सनका लागि नेपालका आठजना खेलाडीको नाम सिफारिस भएको छ ।

 

नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषावकर, अविनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

 

यीमध्ये लामिछानेले यसअघि आइपिएल खेलिसक्नुभएको छ। यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपिएलमा लागि दर्ता गराएका हुन्। यी खेलाडीहरु आइपीएलका लागि छनोट हुन्छन् वा हुँदैनन् भन्नेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्नेछ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार