• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

नेपाल वेद विद्याश्रममा तालाबन्दी

काठमाडौं । नेपाल वेद विद्याश्रम वनकाली काठमाडौंमा विद्यार्थीद्वारा प्रशासनमा ताला लगाइएको छ । विगतदेखी प्रशासनले गरेको मनोमानीका कारण बिद्यार्थीहरू प्रशासनमा ताला लगाउन बध्य भएका हुन। 

 

प्रशासनले विद्यार्थीको भर्नामा मनोमानी गरि पठनपाठनमा नरहेको विषय र पठनपाठनमन नराखिएको कम्युटर विषयका लागि भनेर समेत रकम लिइएको छ। विषय सुचिमा नराखिएको विषयका लागि भनेर रकमका समेत विद्यार्थीद्वारा पैसा असुली गरिएको छ। 

 

प्रशासनलाई सञ्चालक समीतिसँग  बैठकको मागका लागि हरेक पटक निवेदन पत्र दिइदा पनि कुनै प्रभावकारी काम नभएको र सञ्चालक समितीलाई कुनै जानकारी नगराइएको पाइएको छ। हाल यस विद्यालयमा कक्षा १२ सम्म पठनपाठन भइरहेको छ। यस विद्यालयमा निमित्त प्रधानध्यापकले सञ्चालन गरिरहेका छन्।

 

प्रशासनबाट विद्यार्थीको अभिभावकलाई सम्पर्क गरि तँँ तँँ र म म गरि आफ्नो मर्यादा उल्लङ्गन गरेका कारणले विद्यार्थीहरूले विद्यालयको प्रशासनमा तला लगाएका छन्।  प्रशासनद्वारा विद्यार्थीले आफ्नो नियम  उल्लङ्गन गर्न नहुने र शिक्षकहरूले आफ्नो मनोमानी गर्न हुने कुरा बताइएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार