• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

जब यौन हिंसाको आरोपमा परे बलिउडका यी निर्देशक..

काठमाडौं । बलिउड निर्देशक साजिद खान फेरी एकपटक विवादमा फसेका छन्। स्वर्गीय नायिका जीया खान कि बहिनी करिश्माले साजिदमाथी यौनजन्य हिंसा (सेक्सुअल ह्यारेसमेन्ट) को आरोप लगाएकी छिन् ।

 

करिश्मा पछि अर्की नायिका शर्लिन चोपडाले पनि साजिदमाथी यौन हिंसाको आरोप लगाएकी छिन् । शर्लिनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन कि ६ वर्ष पहिला उनको भेट साजिदसँग भएको थियो । त्यही भेटमा साजिदले उनीमाथी अश्लिल व्यवहार गरेका थिए । 

 

केही वर्ष अघि मात्र मुम्बईमा बसोबास गर्दै आएकी डिम्पल पाल नाम गरेकी एक मोडलले पनि उनीमाथी यौनजन्य हिंसाको आरोप लगाएकी थिइन । उनको भनाई थियो कि फिल्म 'हाउसफुल' मा रोल दिने बहानामा साजिदले उनीमाथी गलत तरिकाले छुने र नराम्रा कुराहरु गर्ने गरेका थिए। डिम्पलले आफनो इन्स्टाग्राममा लेखेकी छिन, यो भन्दा पहिला लोकतन्त्रको हत्या होस् वा हामीलाई मुख बन्द गराउन खोजलान भनेर नै मैले सोचे अब चुप लाग्नु अर्थहिन छ । त्यसैले मैले बोलेकी हुँ । 

 

यो भन्दा पहिला पनि ६ जना महिलाले साजिद बिरुद्ध यौन हिंसाको आरोप लगाइसकेका छन् । २०१८ मा मीटु अन्र्तगत साजिदलाई उनको सहायक निर्देशक तथा नायिका सलोनी चोपडाले यौन हिंसाको आरोप लगाएकी थिइन । सलोनीको आरोप छ कि साजिदले उनीसँग उनको बिकनी लगाएको फोटोहरु मागेका थिए। साथै साजिदले धेरैपटक उनको शरिरमा छुने दुस्साह पनि गरेका उनले बताएकी छिन् ।

 

सलोनीसँगै नायिका अहना कुमारा, सिनियर पत्रकार मोडल तथा कलाकार रेशेल व्हाइट, सिमरनी सुरी र प्रियंका बोसले पनि साजिद माथी यौन हिंसाको आरोप लगाएका छन्।  बलिउडमा साजिद मात्र होइन धेरै फिल्मकर्मीहरु माथी यौन हिंसाका आरोप लागेका छन् । साजिद त एउटा पात्र मात्र हुन । 

 

राजकुमार हिरानी 
बलिउड फिल्म जगतमा राजकुमार हिरानी चलेका निर्देशकका रुपमा चिचिन्छन् । तर जब हिरानीको नाम नायिकाहरु माथी हुने यौन हिंसामा जोडिए तब बलिउड जगत नै चकित हुन पुग्यो । यो कुरा २०१८ को मीटु मुभमेन्टको समयकोे हो । फिल्म 'सञ्जु' कि एक सहायक निर्देशकले उनीमाथी मीटुको आरोप लगाएकी थिइन, जसलाई उनले गलत भनेका थिए। यो कुरा बलिउडमा खासै चल्न भने पाएन । किनभने निर्देशक हिरानीलाई आरोप लगाउने केटीले न त पुलिस रिपोर्ट नै गरिन न कोर्टको सहारा नै लिइन । 

 

बिकास बहल
'क्वीन' र 'सुपर ३०' जस्तो फिल्मका निर्देशक विकास बहल माथि उनको पुरानो कम्पनीमा काम गर्न केटीले मिटुको आरोप लगाएकी थिइन् । उनले बिकास माथी २०१८ मा मोलेस्टेशनको आरोप पनि लगाएकी थिइन् । केही समय पछि केटी उक्त कुरालाई अगाडी बडाउन उचित ठानिनन् । यसपछि बिकासलाई उनका सहयोग कम्पनी रिलायन्सले उनलाई यो कुरामा क्लीन चिट दिएको थियो । निर्देशक बिकासको नाम मीटुमा जोडिसकेपछि उनले निर्देशन गरेको फिल्म सुपर ३० को श्रेय खासै उनले पाएनन् । तर, क्लीन चिट पाएपछि उनले फिल्मबाट राम्रो प्रशंसा भने पाएका थिए । 


मुकेश छाबडा
निर्देशक तथा कास्टिङ डायरेक्टर मुकेश छाबडा माथि धेरै महिलाहरूले मीटुको आरोप लगाएका थिए। त्यसपछि उनलाई उनको निर्देशकीय डेव्यु फिल्म ‘दिल बेचारा’ बाट हटाइएको थियो । केही समयपछि मुकेशलाई पनि क्लीन चीट पाएका थिए र उनी पुन फिल्ममा फर्किएका थिए । यो फिल्म सुशान्त सिंह राजपूतको अन्तिम फिल्म थियो । २४ जुलाईमा ओटीटी प्लेटफर्म मार्फत हटस्टारमा फिल्म रिलिज गरिएको थियो । 

 

सुभाष कपूर
२०१३ मा कलाकार गीतिका त्यागीले सुभाष कपुर माथी यौन हिंसाको आरोप लगाएकी थिइन र यसमा उनले अहिलेसम्म क्लीन चीन पाएका छैनन । ‘आत्मा’, ‘वान बाई टु’ र ‘व्हाट द फिस’ जस्ता फिल्महरुमा काम गरिसकेकी नायिका गीतिका त्यागीले २०१४ मा सुभाष कपुर माथी झापड हानेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी थिइन । भिडियोमा सुभाष पछुताएको जस्तो भावमा देखिएका थिए ।

 

यो कुरा २०१२ ताका को हो जसको डेढ वर्षपछि २०१४ मा गीतिकाले सुभाष र उनको सहयोगी दानीश रजाको बिरुद्ध बर्सेवा पुलिस थानामा एफआईआर दिएकी थिइन । त्यागीले भनेकी थिइन कि सुभाष र दानीश मे २०१२ मा एकदिन उनको घर आएका थिए र उनीमाथी बलत्कारको प्रयास गरेका थिए। त्यागीले यो पनि भनेकी छिन् कि सुभाषले त्योसमय मदिरा सेवन गरेका थिए । मुम्बई पुलिसले आईपीसीको धारा ३५४, ५०१ र ३४ को तहत केस बनाएको थियो ।

 

विवेक अग्नीहोत्री
अभिनेत्री तनुश्री दत्ताले निर्देशक विवेक अग्नीहोत्री माथि यौन हिंसाको आरोप लगाएकी थिइन् । 'चकलेट', 'हेट स्टोरी' तथा 'जीद' जस्ता फिल्म निर्देशन गरिसेकका अग्नीहोत्री माथी तनुश्रीले २०१८ मा एक अन्तर्वार्तामा निर्देशकले उनलाई कपडा खोलेर इरफान खानको अगाडि नांगै उभिनु भनेको बताएकी थिइन । तनुश्रीको अनुसार बिवेकले उनलाई यस्तो गर्न लगाउनको कारण कलाकार इरफान खानलाई अभिनय गर्न सजिलो होस् भन्ने मात्र थियो। तनुश्रीले यो पनि भनिन् कि त्यो समय फिल्म चकलेटको सेटमा उनको मद्दतको लागि सुनिल शेट्टी तथा इरफान खान अगाडी आएका थिए र दुबैले मिलेर निर्देशक बिवेकको यस कुराको बिरोध गरेका थिए।

 

सुभाष घई 
मीटु अभियान अन्र्तगत बलिउडका चर्चित निर्देशक सुभाष घईलाई पनि यौन हिंसाको आरोप लागेको थियो । नायिका केट शर्माले उनीमाथी यौन हिंसाको आरोप लगाएकी थिइन। उनले भनेकी छिन्, सुभाष घईले उनलाई उनको बर्थडे पार्टीमा बोलाएका थिए । केक काटिसकेपछि सुभाष घईले उनलाई सबैको अगाडि केकसँगै उनको शरिरको मसाज गर्न भनेका थिए ।


यसपछि निर्देशक घईले उनलाई एउटा कोठामा कुरा गर्नको लागि बोलाए र उनी माथि जबर्जस्ती किस गर्ने प्रयत्न गरे, उनको आरोप छ । तर पछि केही समय पश्चात केटले आफ्नो केश फिर्ता लिएकी थिइन् । र मुम्बई पुलिससँग यो केश अगाडी नबडाउन आग्रह गरेकी थिइन । त्यसपछि घईलाई यो केशमा क्लीन चीट दिईएको थियो। 

 

यस्तै सुभाष घई माथि एक अन्य महिलाले पनि बलत्कारको आरोप लगाएकि थिइन् । २०१८ मा उनले सुभाष घई माथि अल्कोहलमा ड्रग्स मिसाएर उनीमाथी बलत्कार गरेको आरोप लगाएकी थिइन् । महिलाको दावी थियो कि उनी सुभाष घईसँग काम गर्थिन । तर घईले यी सबै कुराको केही तुक नभएको बताउँदै भनेका थिए कि अहिले मीटु फेशन बनेको छ । मलाई यस्तो कुराहरुमा मेरो नाम जोडिदा धेरै नै दुख लागेको छ । दैनिक भास्कर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार