• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

कांग्रेसद्वारा थप ३ दिन विरोध कार्यक्रम गर्ने घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप ३ दिन विरोध कार्यक्रम गर्ने भएको छ ।

 

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले थप तीन दिन विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

 

माघ १९ गते भातृ संस्थाहरूले विरोध गर्ने, २४ गते शुभेच्छुक संस्थाको तर्फबाट र २७ गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेसले  जनाएको छ ।

 

संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध एकमत भएको कांग्रेसले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार