कांग्रेसद्वारा थप ३ दिन विरोध कार्यक्रम गर्ने घोषणा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप ३ दिन विरोध कार्यक्रम गर्ने भएको छ ।
मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले थप तीन दिन विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
माघ १९ गते भातृ संस्थाहरूले विरोध गर्ने, २४ गते शुभेच्छुक संस्थाको तर्फबाट र २७ गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध एकमत भएको कांग्रेसले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस