• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थपिए ३०३ कोरोना सङ्क्रमित, ६ जना सङ्क्रमितको मृत्यु पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको  जनाएको छ । 

 

पछिल्लो चौबीस घण्टामा  ४ हजार ५७४ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका ३०३ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ५२ हजार ६८७ पीसीआर परीक्षण भइसकेको छ । काठमाडौं उपत्यकमा १७२ जना सङ्क्रमित थपिएका छन् ।

 

पछिल्लो चौबीस घण्टामा ४०१ जना कोरोना मुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ। यस्तै पछिल्लो चौबीस घण्टामा ६ जना सङ्क्रमितको मृत्यु पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार १७ जना पुगेको मन्त्रालयले  जनाएको छ ।

 

मन्त्रालयले २८५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको  जनाएको छ । हाल ३ हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २५२ जना आइसोलेशनमा र १२२ जना क्वारेन्टिनमा छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार