• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

भारतका किसान र प्रहरीबीच झडप : एक किसानको मृत्यु ४ जना घाइते, दिल्लीमा इन्टरनेट बन्द

 काठमाडौं । नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ ।

 

 मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा उत्तराखण्डको बाजपुरका किसान नवनीत सिंह को मृत्यु भएको छ ।

 

प्रहरीसँगको झडपको क्रममा उनको मृत्यु भएको हो । यस्तै अन्य  ४ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको टाउकोबाट रगत बगिरहेको छ । आन्दोलनका क्रममा किसानले सडकमा राखिएको डिभाइडर तोड्ने कोसिस गरिरहेका छन् ।

 

 प्रहरीले दिल्लीका विभिन्न सडक बन्द गरेको छ । प्रदर्शन र आन्दोलन बढेसँगै त्यस क्षेत्रको इन्टरनेट बन्द गरिएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार