• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । आजपनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ ।

 

विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन् । तर यी सबैले बहस भने गर्ने छैनन् । सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्धका १३ थान निवेदन रहेका छन् ।

 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ । सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको रिटहरु उपर आज पनि सुनुवाइ हुने भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार