• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

‘आइकनफेस’ को दोस्रो भर्सन सार्वजनिक

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ । विशेषत कोरोना महामारीका कारण घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एपको शुरुवात गरेका हुन् ।

 

उनीहरुले स्थापना गरेको असनेप आइटी सोलुसनले एपको विकास गरेको हो । सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार परिमार्जित भर्सनमा आएको यो एपमार्फत मानिसहरुले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नाम, पोस्ट र च्याटलाई गोप्य राख्न सक्ने सुविधा छ । ‘घरमा बसिरहँदा भइरहने तनावलाई हटाउनका लागि हामीले यो एपको विकास गरेका हौं,’ विवेकले भने ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन् ।’

 

विवेकले इन्स्टाग्राममा जस्तै गरी यो एपमा प्रयोगकर्तालाई फलो गर्न सकिने बताए । ‘एपमा पब्लिक पोस्ट, सेक्रेट पोस्ट, विज्ञापन गर्न सक्नेलगायतका सुविधाहरु दिइएको छ’, उनले भने, ‘यसबाहेक तपाईंले कुरा गर्न चाहेका र मन मिल्ने शीर्ष साथीहरुको समूह बनाएर पनि कुराकानी गर्न सक्नुहुनेछ । यसमा मान्छेको नाम, उमेरलाई लुकाउने सुविधा पनि छ ।’ 

 

प्रयोगकर्ताले प्लेस्टोरमा https://play.google.com/store/apps/details?id=com.ausnep.iKonfess बाट र आइफोनमाhttps://apps.apple.com/au/app/ikonfess/id1511519710 बाट यो एप्स प्रयोग गर्न सक्छन् । सोलुसनको नेपालमा पनि शाखा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार