• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

माउन्ट के टु चढेर विश्व कीर्तिमानी आरोही स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

काठमाडौं । हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् ।

 

पाकिस्तानमा रहेको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटुको सफलतापूर्वक आरोहण गर्ने १० जनाको नेपाली टोलीलाई त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलमा मंगलबार बिहान भव्य स्वागत गरिएको हो। उनीहरुको  स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।

 

दशजना नेपाली शेर्पा शनिबार साँझ ५ बजे के टुको शिखर पुगेका थिए । निर्मल पुर्जाको नेतृत्वमा गएका मिङ्मा डेभिड, मिङ्मा तेन्जी, मिङ्मा ग्याल्जी, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेम छिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा सहभागी थिए ।

 

दश आरोहीमध्ये निर्मल पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए । के टु समुद्र सतहबाट ८ हजार ६११ मिटर उचाइमा रहेकोछ भने माउन्ट के टु विश्वको दोस्रो अग्लो हिमाल हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार