• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

निर्देशक राउतको चलचित्र 'प्रकाश' मा रंगकर्मी रेणुको इन्ट्री

काठमाडौं। निर्देशक दिनेश राउतले बनाउन लागेको चलचित्र 'प्रकाश' मा रंगकर्मी रेणु योगी पनि देखिने भएकी छिन्। चलचित्रमा अभिनेता प्रदीप खड्का पहिला नै अनुबन्धित भइसकेका छन् ।

 

चलचित्रमा प्रदीपको जोडीका रूपमा रेणु अनुबन्धित भएकी हुन भने योगीले यसै चलचित्रबाट डेब्यु गर्न लागेकी हुन् । चलचित्रको पात्र रेणुलाई सुहाउने भएकाले चलचित्रमा लिइएको निर्देशक राउतले बताए । कास्टिङ डिरेक्टर अनुप बरालले रेणुलाई अडिसन मार्फत छनोट गरेका हुन्। 

 

रेणुले हालसम्म १० भन्दा बढि नाटक, सर्ट मुभि र  ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन्। फागुनको दोस्रो साताबाट छायाङ्कन गरिने सो चलचित्रको छायाङ्कन जुम्लामा गरिनेछ । चलचित्रको छायाङ्कन सेड्युल ४५ दिनको राखिएको छ।

 

बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । 'प्रसाद' पश्चात दिनेश राउत प्रकाश निर्देशन गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार