• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

बढ्यो नेप्से

काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको छ । नेप्से १६ दशमलव शून्य चार अङ्कले बढेर २४ सय ४० दशमलव ८७ विन्दुमा पुगेको छ । 

 

सोमबार बैंक, व्यापार, निर्जीवन बीमा र अन्य समूहको शेयर बढेको छ भने जलविद्युत्, विकास बैंक, होटल, फाइनान्स लगायत समूहको शेयर घटेको छ ।

 

आज दुई सय आठ कम्पनीका एक करोड ९२ लाख ८५ हजार कित्ता शेयर आठ अर्ब ९० करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

 

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। सोमबार नागरिक लगानी कोषका शेयरधनीले १० प्रतिशत र अरू पाँच वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार