• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

वरुणले गरे नताशासँग बिवाह

काठमाडौं । बलिउड कलाकार बरुण धवन र फेशन डिजाइनर नताशा दलाल आइतवार बैवाहिक बन्धनमा बाँधिएका छन् । 

 

विधालय जीवन देखी प्रेम सम्वन्धमा रहेका यी दुई केही समय साथीको रुपमा रहेका थिए भने केही समयपछि दुईबिचको साथीत्व प्रेममा बदलिएको थियो । वरुणले नताशा दलालसँगको लामो प्रेमसम्बन्धलाई २४ जनवरीमा विवाह बन्धनमा परिणत गरेका हुन् । 
 

फेशन डिजाइन दलाल र धवनको बैवाहिक कार्यक्रम अलिबागको द मन्शन हाउस नामको रिसोर्टमा भएको थियो । विवाह बन्धनमा बाँधिएका उनीहरुले कडा सुरक्षाको साथ विवाह समारोह आयोजना गरेका थिए । 

 

समारोहमा सहभागी सबैको कोरोना परिक्षण पछि मात्रै भित्र जाने अनुमति थियो। करण जौहर, मनीष महल्होत्रालगायत केही बलिउडकर्मीहरु र नजिकका पारिवारिक व्यक्तिहरुको उपस्थितीमा विवाह समारोह गरिएको थियो। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार