• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

आकाश र एलिना चौहानको ‘ओ माई लर्ड’ मा वर्षा र जिवेश (भिडियो )

काठमाडौं । नवगायक आकाश मगरले आफ्नो डेब्यु गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा उनलाई गायिका  एलिना चौहानले स्वरमा साथ दिएकी छिन्।  

 

अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक आकाश मगरले नै गीतलाई संगीतवद्द गरेका हुन्। प्रेमिल शैलीको यस गीतलाई गायक मगर र दिपक पाठकले मिलेर लेखेका हुन्। गीतमा लिल रक लुकको संगीत संयोजन रहेको छ। युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेश सिंह गुरुङ फिचर्ड छन्।

 

रुपेश थापाले छायांकन गरेको यस भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। बिजेश पौडेलले भिडियोलाई सम्पादन गरेका हुन्। जिवेश सिंह गुरुङको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। कलेजेज नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार