• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

१० सङ्क्रमितको मृत्यु,कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिए

काठमाडौं ।  पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको  जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ४०१ जना सङ्क्रमित सङ्क्रमणमुक्त  भएको जनाएको छ । 

 

पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ५३८ पुगेको मन्त्रालयले उल्लेख गरेको  छ ।

 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । सो सँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार ११ जना पुगेका छन् । हाल ३ हजार २४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ३ हजार २४० जना आइसोलेशनमा छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार