• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

विवादित सीमा क्षेत्रमा संघर्ष (भारत- चीन),२० चिनियाँ सैनिक घाइते भएको भारतीय दाबी

काठमाडौं । भारतीय र चिनियाँ सेनाबीच  विवादित सीमा क्षेत्रमा संघर्ष हुँदा दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


गत बुधबार उत्तरी सिक्किममा दुई मुलुकका सेनाबीच संघर्ष भएको थियो । भारतीय सेनाले घटना सामान्य भएको त्यसलाई स्थानीय सैन्य अधिकारीहरूले समाधान गरेको जनाएको छ ।

 

चीनले भने घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । भारतीय सेनाले संघर्षका क्रममा २० चिनियाँ सैनिक घाइते भएको दाबी गरेको छ । चिनियाँ सैनिक टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकुला पासमा भिडन्त भएको भारतको दाबी छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार