• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

प्रधानमन्त्री ओलीले गरे राप्ती नदीको पुल उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका थिए ।

 

उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरेका थिए।  उनलाई सर्वसाधारणले समेत स्वागत गरेका छन् ।

 

ओलीले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने प्रधानमन्त्रीले राप्ती नदीमा निर्मित पुलको अवलोकन समेत गरेका थिए । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार